२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

प्रचण्डको उपस्थितिमा बसेको कांग्रेस बैठक, शेखरले गरे देउवाका दुवै प्रस्ताव अस्वीकार



काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम मुख्यमन्त्रीमा दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । कांग्रेस नेताहरुको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहभागी भएर विकल्प नाम दिन भन्दा पनि शेखरले नमानेको प्रवक्ता मीन विश्वकर्माले बताए ।

विश्वकर्माले प्रधानमन्त्री प्रचण्ड कांग्रेसले एकमतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको बताए । उनका अनुसार शेखरलाई सभापति शेरबहादुर देउवाले कांग्रेसबाटै अर्को नाम प्रस्ताव गर्न भन्दा उनले केदार कार्कीलाई आफूले नै अघि सारेको भन्दै अरु विकल्पमा छलफल गर्न तयार भएनन् ।


प्रतिक्रिया दिनुहोस !