२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

स्वास्थ्यकर्मी र औषधि लिएर प्रधानमन्त्री जाजरकोट र रुकुम पश्चिम जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आाज (शनिबार) बिहान औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट र रुकुम पश्चिम जाँदै छन्। गएराति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएपछि घाइतेहरुको खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा जान लागेको उनको सचिवालयले जनाएको छ। बिहानैदेखि घाइतेहरुको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन गर्न लागिएको छ।


प्रतिक्रिया दिनुहोस !