२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

नेपाल र ओमान भिड्दै, आजको खेलमा ऐरी टोली बाहिर रहने



HARARE, ZIMBABWE – JULY 02: Dipendra Airee of Nepal plays a shot during the ICC Men’s Cricket World Cup Qualifier Zimbabwe 2023 Playoff match between Nepal and United Arab Emirates at Takashinga Cricket Club on July 02, 2023 in Harare, Zimbabwe. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो। यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो। यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्। यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले सेमिफाइनल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। चोटका बावजुद पनि सेमिफाइनल खेलेका दिपेन्द्र सिंह ऐरि आजको खेलमा टोली बाहिर रहने सम्भावना छ। खुट्टाको चोट हुँदा उनले समूह चरणका सबै खेल गुमाएका थिए। तर नेपाली टोली विश्वकपमा छनोट हुन यूएईलाई हराउनै पर्ने दबाबमा हुँदा ऐरि टोलीमा आएका थिए। तर आजको खेलमा भने उनी टोली बाहिर हुन सक्छन्। उनको स्थानमा सन्दीप जोरा नै टोलीमा आउने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !