२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

रेशम चौधरीविरुद्ध रिटको सुनुवाइ फेरि स्थगन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज पनि स्थगन गरिएको छ। उनको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ गर्न न्यायाधीश कुमार रेग्मीको इजलास तोकिएको थियो। तर रेग्मीको इजलास आज बस्न नभ्याएको भन्दै सुनुवाइ स्थगन गरिएको हो। उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।


प्रतिक्रिया दिनुहोस !