Monday, September 9, 2024

ट्रेन्डिङ :

सुदूरपश्चिम प्रदेशकी माननीय लक्ष्मी बिक सम्मानित

काठमाडौं । माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा सुदरपश्चिम प्रदेश सभाकी सदस्य माननीय लक्ष्मी बिकलाई डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले सम्मानित गरेको छ । आज काठमाडौंको डिल्ली बजारको सांस्कृतिक संघको भवनमा डा. यादवप्रसाद पन्तको ९९ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले प्रदेश सभाकी सांसद बिकलाई दार्चुला जिल्लामा सीमान्तकृत दलित समुदायलाई गरेको सामाजिक सहयोगको उच्च मुल्याङ्कन गर्दै सम्मानित गरेको हो । त्यस्तै उक्त कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दिक्षित, पूर्वगभर्नर डा. रत्नशमशेर राणालाई पनि अभिनन्दन गरिएको थियो ।

सांदस बिकले दलित महिला संघको अध्यक्ष हुँदा दलित समुदायलाई उद्यमशील बनाउन कृषिको व्यवसायीकरण र बजार व्यवस्थापनमा सहयोग गर्नुका साथै, बाढी पहिरोबाट पीडितहरुलाई राहत समाग्री वितरण, दार्चुलामा बाढी, पहिरो पीडिहरुलाई खाधान्न समाग्री वितरण, गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न तथा लुगा कपडा वितरण, त्यस्तै टेवा कै अनुदानबाट आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई स्टेशनरी तथा पोशाक वितरण गर्नुका साथै दलित महिला संघ, दार्चुलाको अथक पहलकदमीले २२ जना साधारण सदस्यहरुलाई स्थानीय सरकारका वडा सदस्यमा निर्वाचित गराउन सफल भएको भन्दै यादवप्रसाद पन्त प्रतिष्ठानले सम्मानित गरेको हो । कार्यक्रमको प्रमुख अतिथि गौरिशंकर लाल दास र कार्यक्रमको अध्यक्षता मीरा अर्यालले गरेकि थिईन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?