२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

एमालेको कोशी प्रदेश कमिटीमा ११ सदस्य मनोनित, ३८ सदस्यीय सचिवालय गठन



विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ जना मनोनित भएका छन् । तिहारअघि बसेको प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश कमिटीमा मनोनित गरेको हो । मनोनित हुनेमा मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् । त्यस्तै सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा छन् । एमालेको विधान अनुसार प्रदेश कमिटीले कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनित गर्न पाउँछ ।

२१५ सदस्यीय प्रदेश कमिटीमा २५ जना मनोनित गर्न पाउने भए पनि पहिलो चरणमा ११ जनालाई मनोनित गरेको हो । मंसिर १ गते अन्तर कमिटी निर्देशन–२ जारी गर्दै प्रदेश सचिवालय गठन भएको र विभागीय जिम्मेवारी पनि तोकेर तल्लो तहका कमिटीलाई परिपत्र गरेको छ । २०८१ जेठ मसान्तसँग जिल्ला, पालिका र वडा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको प्रदेश कमिटी बैठकले निर्वाचन क्षेत्रका लागि इञ्चार्ज पनि तोकेको छ । प्रदेश कमिटी बैठकले ३८ सदस्यीय सचिवालय पनि गठन गरेको छ । विभिन्न विभाग र निर्वाचन क्षेत्रका इन्चार्ज तथा प्रमुखको जिम्मेवारी पनि तोकेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय