
काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद लक्ष्मी बिक आफ्नो निर्वाचन क्षेत्रको सुचना तथा संचारलगायतका समस्या सामाधानका लागि तीब्र पहल लिईरहेकि छन् । आफ्नो निर्वाचन क्षेत्रको पार्टी कमिटीका पदाधिकारीसहित सांसद बिकले आज प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण गर्न पुगेकी हुन् । दार्चुला जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, विद्युत् र संचारका साथै विशेष गरी जिल्लाको सामरिक रुपले महत्वपूर्ण ब्याँस गाउँपालिकाको वडा नम्बर ५ को नेपाल टेलिकमको टावर सीघ्र संचालनका लागि माग गरिएको नेकपा माओवादी केन्द्र ब्यास गाउँपालिकाका अध्यक्ष विपिनले जानकारी दिए । त्यस्तै लामो समयदेखिको टेलिफोन सेवा तथा इन्टरनेटको समस्या सामाधान हुने विश्वास रहेको माओवादी केन्द्र ब्याँसका सचिव बिरेन्द्र धामीले बताए ।