१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दशैंका लागि खाद्य कम्पनिले च्याङ्ग्रा र खसीबोका बिक्रि गर्ने



काठमाडौँ । आगामी दशैँका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्याङ्ग्रा किन्ने तयारी थालेको छ । खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले घटस्थापनाभित्रै काठमाडौँमा च्याङ्ग्रा र खसीबोका ल्याउने गरी तयारी थालेको जानकारी दिनुभयो । त्यसका लागि कम्पनीले ढुवानी प्रस्ताव आह्वान गरेको छ । उहाँले तत्काल एक हजार च्याङ्ग्रा ढुवानीका लागि प्रस्ताव गरिएको र मागका आधारमा सङ्ख्या तलमाथि गर्न सकिने बताउनुभयो ।

खसीबोका लागि भने अघिल्ला वर्षमा जस्तै दाङको तुलसीपुर र मकवानपुरको हेटौँडाबाट ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले खाद्य कम्पनीले ल्याउने च्याङ्ग्रा र खसीबोकाले उपत्यकावासीको माग धान्ने नभएर बजार मूल्य नियन्त्रण गर्ने भएकाले अहिलेको अवस्था त्यही सङ्ख्या पर्याप्त हुने बताउनुभयो । उहाँले माग बढी नै भयो भने ल्याउन सकिने गरी तयारी गरेको पनि जानकारी दिनुभयो ।

दशैँलाई लक्षित गरेर कम्पनीले काठमाडौँमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । दशैँका बेला कालोबजारी नहोस्, मूल्य नियन्त्रणमा होस् भन्ने हाम्रो उद्देश्य हो, सुवेदीले भन्नुभयो । उहाँका अनुसार काठमाडौँ भित्रिने खसीबोका र च्याङ्ग्रा कम्पनीको बागमती अञ्चल कार्यालय थापाथलीबाट बिक्री वितरण गरिने छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय