१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

वामदेव गौतमको मुद्दा ‘हेर्दाहेर्दै’मा, शुक्रबारलाई सर्‍यो पेसी



काठमाडौं- नेकपा नेता वामदेव गौतमको मुद्दा ‘हेर्दैहेर्दै’मा सरेको छ। गौतमको मुद्दामा बहस नसकिएपछि शुक्रबारलाई पेसी तोकिएको सर्वोच्चले जानकारी दिएको छ।

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चको एकल इजलास अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो। यसका साथै उनको इजलासले गम्भीर संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै संवैधानिक इजलासमा पठाउने उल्लेख गरेको थियो।

बुधबार निवेदकका तर्फवाट दिनेश त्रिपाठी, बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए। सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए।


प्रतिक्रिया दिनुहोस !