१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाली घोरेटो बाटोमा भारतीय सडकको प्रभाव अझै रोकिएन



दार्चुला । नेपाली घोरेटो बाटोमा भारतीय सडकको प्रभाव अझै रोकिएको छैन । भारतीय सडक निर्माणका क्रममा जिलेटिन पड्काउदाँ महाकालीमा चट्टान खसेकाले ब्याँस जोड्ने घोरेटो बाटो अबरुद्ध रहेको वडा नम्बर २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताउनु भयो ।

नेपाली सेनाले निर्माण गरेको घाँटिबगर घोरेटो बाटो भन्दा केही तलको घोरेटो बाटो भत्किएको वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता बुढाथोकीले बताउनु भयो । भारतीय सडक निर्माणका क्रममा जिलेटिन पड्काउदाँ चट्टान महाकाली नदीमा खस्ने र धारपरिबर्तन भई नेपालतिर बग्दा नेपाली घोरेटो बाटो बगाएको हो ।

ब्याँस गाउँपालिकाद्धारा निर्माण गरिएको उक्त बाटो बगाएकाले बाटो अबरुद्ध रहेको गाउँपालिकाका सब–इन्जिनीयर विरेन्द्र सिंह बिष्टले बताउनु भयो । एक हप्ता अघि सोही बाटो भएर ब्याँस गाउँपालिका वडा नम्बर १ मा गएका प्राविधिक विष्टको टोली फर्किदाँ बाटो बगाएको छ । भारतीय सडकका कारण नेपाली घोरेटो बाटोमा क्षेति भएको बारेमा जिल्ला प्रशासनलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो ।

विगतमा पनि नेपाली घोरेटो बाटो भारतीय सडकका कारण बेला–बेला क्षेति पुग्दै आएको थियो । भारतीय सडक निर्माण गर्दा जिलेटिन पड्काउँदा नेपालतिर ढुंगाहरु समेत पुग्ने गरेका छन् भने बेला–बेला महाकाली नदी नै थुनिने गरेको छ ।

विगतमा पनि भारतले उक्त क्षेत्रमा सडक निर्माणका क्रममा नेपाली प्रशासनलाई जानकारी नदिइ महाकाली नदी वारि आएर नेपाली बाटो प्रयोग गरेर समानहरु ढुवानी गरेको थियो । नेपाली भूमिमै बाटो बनाएर सामग्री ढुवानी गर्दा समेत नेपाली पक्षलाई भारतले जानकारी नै नदिने हर्कतले भारतको हेपाहा प्रबृत्ति प्रष्ट देखिन्छ । अन्र्ताराष्ट्रिय सीमा नदीमा पुल निर्माण गरि भारतकै लगानीमा नेपाली भूमिमा बाटो समेत निर्माण गरेको थियो ।

मानवीय आवत्जावत कम हुने मौका छोपी ब्याँस क्षेत्रमा भारतले नेपाल माथि यस्तै थुप्रै हर्कतहरु गर्दै आएको छ । अहिले पनि भारतीय सडक निर्माणका गर्ने क्रममा ठाउँ ठाउँमा जिलेटिन पड्काउदाँ नेपालतिर क्षेति हुने गरेको छ ।

हालै घाँटिबगर क्षेत्रमा साढे पाँच सय मिटर घोरेटो बाटो नेपाली सेनाले निर्माण सम्पन्न गरिसकेको सेनानी बिक्रमदेव थापाले बताउनु भयो । ब्याँस गाउँपालिका वडा नम्बर १ का ब्याँसी सौका समुदाय खलंगा बसाई सर्ने बेला स्वदेशकै बाटो भएर आउने सकिने गरी व्यवस्थापन गर्न लागिएको हो । तर पुनः घाँटिबगर भन्दा केही तल भारतीय सडकका कारण घोरेटो बाटो बगाएकाले झन् समस्या भएको छ ।

ब्याँसी सौका समुदाय खलंगा झर्ने समय नजिक आइरहेकाले घाँटिबगरमा बाटो निर्माण सम्पन्न गरिएको छ भने तम्पाकु क्षेत्रमा पनि बाटो निर्माणबारे कुरा चलिरहेको छ । तर यसरी छिमेकी राष्ट्र भारतको सडकका कारण नेपाली घोरेटो बाटोमा क्षेति पुग्ने हो भने बाटो निर्माण गरेपनि क्षेति हुने देखिएको छ ।- नयाँ नेपाल एफएमबाट


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय