४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू उत्रिए आन्दोलनमा



तस्विर- नेपालप्रेसबाट

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् । भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् । असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलन थालेका हुन् । दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !