![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/05/newskarkahna-news701310.jpg?fit=1000%2C581&ssl=1)
धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।
सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।
नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो ।