१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज, सिरोहियालाई छुटाउन देलान त दवाब?



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । 

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।    

के कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छुटाउन सरकारलाई दवाब दिने विषयमा गहन छलफल होला त आजको वैठकमा? नेपाल काग्रेस जनताका सरोकारका विषयमा सदैव मौन बसेपनि कैलाश सिरोहियाको बचाउ र गृहमन्त्री लामिछानेको सहकारी काण्डलाई उजागर गर्ने पक्षमा सदनदेखि सडकसम्म दह्रोसङ्ग लागि रहेको छ ।


प्रतिक्रिया दिनुहोस !