१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विष्णु पौडेलले अर्थमन्त्री पदसँग राजधानी साटेको भन्दै कांग्रेस आन्दोलनमा



बुटवल : असोज १६, शुक्रबार प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको घोराहीमा राख्ने प्रस्ताव संसद वैठकमा पेश गरेको विरोधमा नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । दाङको भालुबाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध गरेका छन् । सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेलले अर्थमन्त्री पदसँग प्रदेश राजधानी साटेको कांग्रेसले आरोप लगाएको छ ।

विष्णु पौडेलले अर्थमन्त्री पदसंग राजधानी साटेर गद्दारी गरको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए । त्यस्तै भालुबाङ राजधानी सार्ने प्रदेश सरकारको निर्णय बिरुद्ध कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने रज्जाकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सभाको बैठकमा सरकारले स्थायी राजधानी दाङ सार्ने प्रस्ताव पेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेपछि प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु उठेर विरोध जनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !