![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/05/Everest_12024-05-22-03-27-11_1000x610_50.webp?fit=1000%2C610&ssl=1)
काठमाडौँ । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।
पर्यटन विभागका अनुसार विहिबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी सँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहिन बनेका छन् ।
उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको बिभागले जनाएको छ । विहिबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको बिभागले जनाएको छ ।