१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु



हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन बिट किचाथोर्नले काठमाडौँ र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको भन्दै यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने विश्वास व्यक्त गरे।

 नेपालमा पहिलो पटक सेवा सुरु गरेदेखि नै थाई एयरवेजको  यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको उनको भनाइ छ। हाल थाई एयरवेजले ६० भन्दाबढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ। हाल थाई एयरवेजसँग कूल ७३ विमान छन्।

थाई एयरवेजले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ। थाइ एयरवेज थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपनसहित स्वागत गर्न तत्पर रहेको विज्ञप्तिमा जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !