![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/05/राष्ट्रपति-पौडेल-र-प्रधानमन्त्री-दाहालबीच-भेटवार्ता.jpg?fit=1410%2C858&ssl=1)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारी ठगि प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलमा छलफल जारी रहेपनि सहमति बन्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।