![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/05/newskarkahna-news703770.jpg?fit=1000%2C643&ssl=1)
काठमाडौँ । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ ।
मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।
अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।
पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।