८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कांग्रेस नेता गगन थापा, अर्जुन नरसिंह केसी सहित दुई जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु तीन जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !