१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कोरोना संक्रमणका कारण कांग्रेस केन्द्रीय समितिको बैठक अन्योलमा



काठमाडौं । नेपाली कांग्रेसका चारजना केन्द्रीय सदस्यहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपछि केन्द्रीय कार्यसमिति बैठकबारे अन्योल सिर्जना भएको छ । चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको हो ।

कांग्रस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकका बारेमा दिउँसो नेताहरुका बीचमा छलफल भएपछि मात्रै टुंगो लाग्ने बताएका छन् । “केन्द्रीय कार्यसमितिको बैठकका बारेमा दिउँसो छलफल हुन्छ । बस्छ कि बस्दैन अहिले नै भन्न सकिँदैन,” उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय