काठमाडाैं । न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएका जनाएको छ । शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।
सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्थाका कारण एकलबाहेक अन्य इजलास स्थगन गरिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, ‘केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । जसले इजलास बसेन । बन्दी लगायतका मुद्दाका लागि एकल इजलास भने बस्नेछ ।’
आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमात्र तोकिएको छ।
![](https://i0.wp.com/supremekhabar.com/wp-content/uploads/2020/10/notice_suprime_court-747x1024.jpg?resize=720%2C987&ssl=1)