७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

कांग्रेसको केन्‍द्रीय कार्यालय पाँच दिनका लागि बन्द



काठमाडौं : असोज १८, नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ। पार्टीका केही केन्द्रीयसहित अन्य व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो। कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो।

कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा केही केन्द्रीय सदस्यको रिपोर्ट पोजेटिभ आएपछि कार्यालय बन्द गरिन लागेको जानकारी दिए।

कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो। करिब एक सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ। आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक भने स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !