१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बैंकका कर्मचारी सवार बस दुर्घटना



बैंकका कर्मचारी सवार बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटना भएको छ ।  

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ०१०-०१-१७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ ।

बसमा २८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए । उनका अनुसार ती कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किँदै थिए । घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार जारी राखेका छन् ।

बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।

Source : ekantipur


प्रतिक्रिया दिनुहोस !