१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आदेश अटेर गर्दै फलामे पोल



बसन्त भण्डारी 

 हेटौंडा – उच्च अदालत पाटनको हेटौंडा इजलासले सडककिनारमा फलामे रेलिङ राख्ने कार्य बुधबारसम्म रोक्न भने पनि हेटौंडा उपमहानगरपालिकाले उक्त आदेश सुनावाइ नै गरेन ।

उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश मीना गौतमसेढाईंको एकल इजलासले शुक्रबार जेठ २३ गतेसम्म निवदेकहरुको जग्गाघरमा प्रवेश गर्न असर पर्ने गरी फलामे पोल, फलामे रेलिङ लगाउने कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले दलबल प्रयोग गरेर शनिबार विहान उक्त सडककिनारमा रेलिङ राख्ने काम गरेको हो । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा-१० ले उक्त सडककिनारमा रेलिङ राख्ने काम सुरु गरेपछि स्थानीय र व्यवसायीले व्यवसाय तथा घरमा प्रवेशमा असर पुग्ने भन्दै विरोध जनाउँदै अदालतसम्म पुगेका थिए । स्थानीय गोपाल श्रेष्ठले दिएको रिट निवेदनमाथि अदालतले २३ गतेसम्म काम नगर्न/नगराउन अल्पकालीन आदेश दिएको थियो ।

वडाध्यक्ष फुर्वा दोर्जेलामा शनिबार विहान दलबलसहित उपस्थिति भएर अदालतको आदेशलाई बेवास्ता गर्दै रेलिङको काम गरेका हुन् । अदालतको आदेशको अपहेलना गरेकोप्रति स्थानीयले आक्रोश पोखेका छन् । कानुनी राज्यबाट कानुन उलंघन भएपछि न्यायको आश मारेको भन्दै स्थानीयले दुःखेसो गरेका छन् ।

वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय दुई दर्जनभन्दा बढी घरधनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

वडा कार्यालयले सडककिनारमा फलामे बार राख्न सुरु गरेको हो । स्थानीयले फलामे बार निर्माण गर्दा आफ्नो घर छिर्ने बाटो अवरुद्ध हुने र पसल व्यवसायमा समेत असर पुग्ने भन्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उनीहरुले कुनै निर्माण कार्य अघि बढाउ“दा स्थानीयको सहमति लिएरमात्र गर्नुपर्ने माग राखेका छन् । कुनै सूचना, टेन्डर तथा कोटेसन ननिकाली टीसीएन क्षेत्रको आवश्यकताविपरीत बजेट दुरुपयोग गर्ने उद्धेश्यसाथ वडा कार्यालयले फलामे बार निर्माण गरेको आरोप उनीहरुको छ ।

अदालतको आदेशपत्र आफूलाई प्राप्त नभएको वडाध्यक्ष लामाले बताए । ॅमैले कसैको घरजग्गामा रेलिङ राखेको होइन, सडकमा हालेको हु“,’ उनले भने-स्थानीयहरुलाई अवरोध गरेको छैन, सडकपेटीमा हि“ड्ने पैदलयात्रुको सुरक्षाका लागि राखिएको हो । सडकको दाया“बाया“ फलामे बार निर्माण कार्य रोक्न स्थानीय घरधनी तथा व्यवसायीले माग गरे पनि उनले रेलिङ राख्ने काम सम्पन्न भएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !