![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/05/karnali-1.jpg?fit=1207%2C725&ssl=1)
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ ।
सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ ।
सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्ने भन्दा पनि यसअघि सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने बताउँदै आएका छन् ।