६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

प्रदेशसभा भित्रै कांग्रेसको तोडफोड, भवन बाहिर बुटवलबासीको कब्जा



काठमाडौं : असोज १९, प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभामा नेपाली कांग्रेसका सांसदरुले तोडफोड गरेका छन् । प्रदेश सभाको छैठौ अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने कार्यसुची प्रदेश साभामा पेश भएपछि कांग्रेसले त्यसको विरोधमा सदन मै तोडफोड गरेको हो । हिजो रुपन्देही बन्द गरेको कांग्रेसले आज प्रदेश सभामै तोडफोड गरेको हो । पाँच नम्बर प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ राख्ने प्रस्ताव सदन मा पेश गरेको छ ।

अस्तिदेखि नै दांगमा प्रदेश राजधानी राख्ने प्रस्ताव आएपछि नेपाली कांग्रेस र ६० भन्दा धेरै संघ सस्था अस्थायी राजधानी भएको बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने माग राख्दै तिन दिनदेखि आन्दोलनमा होमिएका छन् । सदन भित्र सांसदहरुले तोडफोड गरिरहेका छन् भने संसद भवन बाहिर बुटवलवासीहरुले घेराउ गरेर कब्जामा लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय