१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुदूरपश्चिमका सात मन्त्रीले लिए शपथ



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो । अब मन्त्रीपरिषद १० सदस्यीय भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विस्तार गरेको मन्त्री परिषदका सदस्यलाई सोमबार प्रदेश प्रमुख नजिर मियाले एक समारोहबिच पद तथा गोपनियताको शपथग्रहण गराए ।

शपथग्रहण गर्नेमा नेकपा (एमाले) का सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी) का माया पन्तले तत्काललाई विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । यसअघि नागरिक उन्मुक्ति पार्टीका क्रमशः कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !