Tuesday, May 20, 2025

ट्रेन्डिङ :

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु

spot_img
spot_img

मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उहाँकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो । 

साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए । 

विमानलाई विमानस्थलबाट दिइएको सङ्केतबारे एयर ट्राफिक अधिकारीले भने, “विमान लिलोङवेबाट करिब २०० माईल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।”

स्थानीय समय अनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताउनुभयो । 

पाँच वसन्त पार गरिसक्नुभएका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो ।    

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?