१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट



रौतहट । तस्करहरुले भारतीय बजारबाट भित्र्याएको बिभिन्न केमिकल युक्त अबैध माछा रौतहट स्थित प्रहरी गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले  ईशनाथ नगरपालिका १ स्थितमा चेकजाँच गर्ने क्रममा अवैद्य भारतीय माछा बोकेको विआर ०३० ए बी ३२४८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको १५० किलोग्राम माछा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल तर्फ केमिकल युक्त माछा ल्याई बिक्री वितरण गर्न रोक लगाएको छ। भारतको आन्ध्र प्रदेशबाट अवैध रूपमा ल्याईने त्यस्तो माछा न बिग्रिन उनीहरूले प्रयोग गर्ने केमिकल मानव स्वास्थको लागि अतिनै हानिकारक हुनेगरेको चिकित्सकहरुको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस !