Sunday, May 18, 2025

ट्रेन्डिङ :

ताप्लेजुङमा नेपाल टेलिकमको इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राही मार्कामा

spot_img
spot_img

ताप्लेजुङमा मङ्गलबार बिहानैदेखि नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मार्कामा परेका छन्। बिहान करिब ११ बजेदेखि नेपाल टेलिकमको इन्टरनेट (एन्टी फाइबर) सेवा अवरुद्ध हुँदा सेवाग्राही मार्कामा परेका हुन्।

सेवा अवरुद्ध नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्दै आएका सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लाका सेवाग्राही मार्कामा परेका छन्। इन्टरनेट सेवा अवरुद्ध भएपछि सर्वसाधारण प्रयोगकर्ता साथै सरकारी तथा गैरसरकारी कार्यालयको सेवासमेत प्रभावित बनेको छ। 

नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने सबै सेवाग्राहीले सेवाबाट वञ्चित हुनु परेको छ। सेवा अवरुद्ध इन्टरनेटको प्रयोगबाट गर्नुपर्ने अत्यावश्यक काममा नै बाधा पुगेको स्थानीय सञ्चारकर्मी दिलकुमार लिम्बूले बताउनुभयो। उहाँले पत्रकार तथा सञ्चारकर्मीसहित एन्टी फाइबर इन्टरनेका सबै प्रयोगकर्ता अर्थात् सेवाग्राही प्रभावित बनेका बताउनुभयो। 

ताप्लेजुङस्थित नेपाल टेलिकमका प्रमुख शिवकुमार सिंहका अनुसार पाँचथरको भारापा चतुरे खण्डमा लोखर्केले अप्टिकल फाइबर तार खाई दिएका कारण सेवा अवरुद्ध भएको हो। लाखर्केले खाएर क्षति गरेको तार बिहानैदेखि मर्मतको काम भइरहेको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो।

प्रतिकुल मौसम अर्थात् पानी परिरहेकाले मर्मतको काम गर्नलाई समस्या भएको उहाँको भनाइ छ। मौसमले साथ दिएमा साँझ सम्ममा सेवा सुचारु हुने उहाँले बताउनुभयो। पछिल्लो समय बेला बेलामा नेपाल टेलिकमको इन्टरनेटसहित फोन सेवामा अवरुद्ध आउने गरेकाले सेवाग्राहीले भने सास्ती खेप्दै आएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?