८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

डा. केसीलाई अनशन तोडाउन शिक्षण अस्पताल पुग्यो सरकारी टोली



काठमाडौं । आमरण अनशन थालेको २२ औं दिन डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली पुगेको छ । शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा. केसीलाई भेटेको हो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ ।

जवाफमा डा. केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भनेका छन् । आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने उनको अडान छ ।


प्रतिक्रिया दिनुहोस !