Saturday, February 15, 2025

ट्रेन्डिङ :

प्रदेश ५ को राजधानी भालुवाङ : पोखरेलको जीत र महासचिव पौडेलको हार !

spot_img
spot_img
spot_img

काठमाडौं : असोज २०, प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ । पार्टी महासचिव रहेका पौडेलको पकडबाट स्थायी राजधानी फुत्किएर मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङ पुगेपछि सत्तारुढ नेकपा भित्र विभिन्न टिप्पणी गर्न थालिएको छ ।

शंकर पोखरेल र विष्णु पौडेलको प्रतिष्ठाको बिषय स्थायी राजधानी
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सत्तारुढ नेकपाका पार्टी महासचिव बिष्णु पौडेलको प्रतिष्ठाको बिषय मानिएको प्रदेशको राजधानी अन्त: पोखरेलको गृह जिल्ला दाङको भालुबाङका पक्षमा दुई तिहाई मत परेपछि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका महासचिव पौडेलको राजनीतिक प्रतिष्ठाको बिषय ठानिएको छ । लामो समयदेखि महासचिव पौडेलले प्रदेश राजधानी आफ्नो गृहजिल्ला रुपन्देहीको बुटवलमा बनाउन लबबिङ गरिरहेका भएपनि उनको इच्छा बिपरित पार्टीका अध्यक्षहरुले मुख्यमन्त्री पोखरेललाई साथ दिएपछि पोखरेलको राजनीतिक जीत भएको नेकपाका नेताहरु बताउँछन् । चुनावअघि शंकर पोखरेल र बिष्णु पौडेल जसले निर्वाचनमा जित्छ उसैको निर्वाचन क्षेत्रमा स्थायी राजधानी बनाउने तत्कालीन नेकपा एमाले भित्र चर्चा चलेको थियो । तर निर्वाचनमा पोखरेल र महासचिव पौडेले विजय प्राप्त गरेका थिए । पार्टी भित्र दुबै नेताहरुको राम्रो पकड मानिन्थ्यो । दुबै जनाले पार्टीको अन्तर संघर्षमा पार्टी अध्यक्ष ओलीलाई साथ दिने गरेका भएपनि यसपटक ओलीले शंकर पोखरेललाई दिएपछि महासचिव पौडेलको प्रतिष्ठा कमजोर बनेको नेकपाका नेताहरु बताउँछन् ।

शंकर पोखरेल जीत, महासचिव पौडेलको हार
राजनीतिक रुपमा विष्णु पौडेल पार्टीको महासचिवजस्तो कार्यकारी भूमिकामा भए पनि पछिल्ला दिनमा उनको राजनीतिक छबी घट्दै गएको नेकपाको उच्च स्रोत बताउँछ । पार्टी अन्तर संघर्षमा ओलीलाई साथ दिदै आएका महासचिव पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको संयुक्त पार्टीको महासचिवको जिम्मेवारी पाए । तर पछिल्लो समय पार्टी एकतापछि बालुवाटारको जग्गा कब्जा गरेको आरोप लागेका पौडेलको राजनीतिक छबी धमलिएको छ । उनलाई पार्टीका पहिलो पुस्ताका नेताहरुले मात्रै होईन तेस्रो पुस्ताका नेताहरुले विश्वास गर्न छाडेका छन् । जसको उदाहरण प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउने पक्षमा परेको दुई तिहाई मतले प्रष्ट पारेको छ । प्रदेश ५ को राजधानी दाङको भालुबाङ हुनु भनेको महासचिव पौडेलको हार र मुख्यमन्त्री पोखरेलको जीतका रुपमा हेरिएको छ ।

ओली समुहको भाबी नेतृत्व शंकर पोखरेल !

पार्टीको स्थायी समितिमा रहेका शंकर पोखरेलले पार्टी नेता तथा कार्यकर्ताको बीचमा राम्रो छबी भएको नेताका रुपमा आफुलाई उभ्याएका छन् । ओलीपछि सो सामुहको नेतृत्व कसले गर्ने भन्ने बिषयमा बहस र छलफल हुँदा ओलीपछि दोस्रो बरियतामा रहेका अहिलेको रक्षामन्त्री पोखरेल बिभिन्न भ्रष्टाचारकाण्डमा जोडिएर बदनाम भईसकेका र उनीपछिको संस्थापन समुहका बरियतामा रहेका महासचिव पौडेलपनि बालुवाटारको जग्गा कब्जा गर्ने जस्तो काण्डमा मुछिएपछि संस्थापन पक्षको भावी नेतृत्वका रुपमा प्रदेश ५ का मुख्य मन्त्री पोखरेललाई हेर्न थालिएको बताईन्छ । शंकर पोखरेलले पार्टी एकता गर्ने सहमति भएको केही दिनमै पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुन पर्ने भन्दै आफ्नो गृह जिल्ला दाङमा आफ्ना पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको समाचार बाहिरिएपछि पार्टी एकतामा बाधा आउन सक्ने देखेर आफुले त्यस्तो प्रशिक्षण नदिएको स्पष्टिकरण दिएका थिए । तर अहिले पनि उनी जबजका पक्षधर मानिन्छन् । जबजलाइ पार्टीको कार्यदिशा बनाउन पर्छ भन्दै पोखरेलले पार्टी भित्र मत राख्ने गरेका भएपनि बाहिर भने खुलेर बोलेका छैनन् ।

भालुवाङ राजधानी बनाउने निर्णयलाई कांग्रेसको तोडफोडले पनि रोक्न सकेन
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो । प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा आईतबार कांग्रेसले रुपन्देही बन्द गरेको थियो भने हिजो मात्रै प्रदेश नम्बर ५ को स्थायी राजधानी बुटवलबाट भालुवाङ सार्ने निर्णय बिरु प्रदेश सभामा कांग्रेसका सांसदरुले तोडफोड गरेका थिए । प्रदेश सभाको छैठौ अधिवेशनमा प्रदेशको तोडफोड गर्ने सांसदहरुलाई कांग्रेसले कारबाही गर्ने बताईसकेको छ । त्यस्तै बुटवलबाट भालुवाङ राजाधानी सार्ने बिषयमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेले पनि विरोध गरेको भएपनि पार्टीका अध्यक्ष प्रचण्ड र ओली टसमस नभएपछि आज प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावलाई बहुमतले पास गरेको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?