११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

राफालय नाडाल पुगे फ्रेन्च ओपनको सेमिफाइनलमा



एजेन्सी । रोजर फेडेररको ग्राण्ड सलाम उपाधिको कीर्तिमानमा बराबरी गर्ने राफायल नाडालको यात्रा जारी रहेको छ। स्पेनिस नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनलमा जानिक सिनरसँगको खेलमा पुनरागमन गरी जित निकालेर नाडाल अन्तिम चारमा पुगेका हुन्। इटालियन खेलाडी जानिकले नाडाललाई पहिलो पछि पारे । तर त्यसपछिका सेटमा पुनरागमन गरी स्पेनिस नाडालले जित निकालेका हुन् ।

१२ पटकका फ्रेन्च ओपन च्याम्पियन नाडालले जानिकलाई ७–६ (७–४), ६–४ र ६–१ को सेटमा पराजित गरेका हुन् । ३३ वर्षका नाडाल २० ग्राण्ड सलाम उपाधि जितेर फेडेररले बताएको कीर्तिमानमा बराबरी गर्ने होडमा छन् ।

नाडालले फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो श्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने छन्। डोमिनिक थिएमलाई पराजित गरेर डिएगो अन्तिम चारमा आएका हुन् । नाडालले अहिलेसम्म १९ पटक ग्राण्ड सलाम उपाधि जितेका छन् ।


प्रतिक्रिया दिनुहोस !