१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

प्रमबाट बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना व्यक्त



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोलाई बधाई तथा शुभकामना दिनुभएको छ । बधाई सन्देश पठाउनुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र बेल्जियमले उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताउनुभएको छ । साथै दुई देशबीचको सहकार्य आगामी दिनमा थप विस्तार हुने आशा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्जियमका नवनियुक्त उपप्रधानमन्त्री तथा विदेशमन्त्री सोफी विम्सलाई बधाई दिनुभएको छ । नेपाल र बेल्जियमबीचको सम्बन्धका साथै द्विपक्षीय व्यापार र लगानी उहाँको कार्यकालमा अझ सुदृढ हुने विश्वास मन्त्री ज्ञवालीले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: