११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

किस्ट मेडिकल कलेजको लापरवाहीले कोरोना बिरामीको मृत्यु !



काठमाडौं : असोज २१, ललितपुरको ग्वार्कोमा रहेको किस्ट मेडिकल कलेजमा एक जना कोरोना बिरामी मृत्यु भएपछि तनाव सिर्जना भएको छ । नुवाकोट स्थायी घर भएका शेरबहादुर तामाङको शनिबारदेखि कोरोनाको उपचार भईरहेको र हिजो राती नौ बजेसम्म स्वास्थ्य अवस्था राम्रो रहेका शेरबहादुर तामाङको आज बिहान मृत्यु भएको जानकारी पाएपछि आफुहरुलाई विश्वास नलागेको मृतकका आफन्त अजय मोक्तानले बताए । हिजो बेलुकासम्म बिरामीको अवस्था समान्य रहेको थियो । कोभिडका कारण भेट्न नमिल्ने र फोन मात्र गर्न पाईने अस्पताल प्रशासनको नियम रहेकाले आफुहरुले बिरामीसँग राती नौ बजे कुराकानी गर्दा स्वास्थ्य अवस्था ठिक भएको बताएको अजय मोक्तान बताए ।

हिजो राती स्वास्थ्य अवस्था ठिक रहेको र बिहान बोलाउनु पर्नेमा बिहान आफुहरुलाई किन नबोलाईको भनेर फोन गर्दा फोन नउठेपछि शंका लागेर मेडिकल कलेजलाई फोन गर्दा ८ बजे बिरामी बचाउन नसकेको भन्ने जवाफ आएको मोक्तानले बताए । बिहान ६ बजे किन बोलाईन ? हामीलाई ८ बजेपछि मात्रै किन जानकारी दिईयो ? यी प्रश्नको मेडिकल प्रशासनले जवाफ नदिएसम्म आफुले लास नउठाउने उनले जानकारी दिए ।

हामीले ७५ हजार उपचारका लागि डिपोजिट गरेको भएपनि अस्पतालले समयमै खान तथा औषधि नदिएको बिरामीले गुनासो गरेको मृतकका आफन्त अजय मोक्तानले बताए । उनले भने हिजो बिरामीको अवस्था समान्य नै थियो । तर बिहान मृत्यु भएको जानकारी आयो । अस्पतालकै लापरबाहीले बिरामीको मृत्यु भएको हो । बिरामीको उपचारका लागि अस्पताल आएका हौँ । मार्नका लागि होईन । समान्य अवस्थामा रहेका बिरामीको मृत्यु भएको छ । हामीले लास बुझ्ने कुरा आउँदैन । त्यस्तै अहिलेसम्म डाक्टरहरुले के कारणले मृत्यु भएको हो ? भनेर अहिलेसम्म कुनै जानकारी दिएको अजय मोक्तानले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !