१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ । पथिकले आफूमा संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !