१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

कोरोनाका कारण रोकिएका सबै परीक्षा सञ्चालनका लागि सरकारको स्वीकृति



काठमाडौँ । सरकारले जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो।

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालीम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय