२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

काठमाडौँ उपत्यकामा १६८४ सहित देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ।

यस्तै काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४२०९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २५००७ रहेको छ भने ४ हजार १ सय ६४ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय