२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

चन्दननाथको चोरी भएको दाहिने शङ्ख भेटियो



जुम्ला । चन्दननाथ मन्दिरको चोरी भएका मूर्तिहरु मध्य दाहिने शङ्ख भेटिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाउँको खोलापाने स्थानको एक ओडारमुनि दाहिने शङ्ख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्राईका अनुसार अनुसन्धान गर्दै जाँदा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगाई चन्दननाथ मन्दिरको हराएको दाहिने शङ्ख पत्ता लगाइएको हो । उहाँका अनुसार प्लाष्टिक भित्र फाईवरको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख राखिएको भेटिएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय