७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

सास फेर्न गाह्रो भए वा वेहोस होला जस्तो भए मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरे । गौतमले भने, ‘रुघाखोकी वा ज्वरो आउँदैमा अस्पताल दौडिने गरिएको छ, त्यो नगरौं भनेको हुँ ।’

सरकारले पछिल्लो समय लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ । सरकारी तथ्यांकअनुसार १४ हजार ४११ जना संक्रमित होम आइसोलेसनमा छन् भने लक्षण भएका संक्रमितहरुलाई वेड पाउन गाह्रो छ ।

जनस्वास्थ्य विज्ञहरु भने कोरोना संक्रमित, चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र होम आइसोलेसनमा बस्नुपर्ने र कुनै समस्या आएमा अस्पताल जानुपर्ने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !