१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन कोरोनामुक्त



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वकीय सचिव बज्राचार्यले भने, ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।


प्रतिक्रिया दिनुहोस !