१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

११४ जिल्ला न्यायाधीशको सरुवा, २९ पदस्थापन



काठमाडौँ । न्याय परिषदले एकैपटक एक सय १४ जना न्यायाधीशको सुरुवा र २९ जनाको पदस्थापन गरेको छ। बुधबार बसेको न्याय परिषद्को बैठकले कोरोना महामारीका बेला ठूलो संख्यामा जिल्ला न्यायाधीश सरुवा गरेको हो।

परिषदले भक्तपुर जिल्ला न्यायाधीश रहेका जगतनाराण श्रेष्ठलाई तनहुँ, सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी, ललितपुरका महेन्द्रबहादुर कार्कीलाई सिन्धुपाल्चोक, महोत्तरीका विष्णुप्रसाद सुवेदीलाई कपिलवस्तु सरुवा गरेको छ।

परिषदले हालसालै खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश नियुक्त भएका २९ जनालाई पनि पदस्थापन गरेको छ।

सरुवा सूची


प्रतिक्रिया दिनुहोस !