९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट ४३ वर्षीय पुरूष पक्राउ



काठमाडौं : असोज २२, ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका वडा नम्बर ४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेको प्रहरीले जानकारी दिएको छ। बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानीयले देखेपछि उद्धार गरिएको थियो । बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए। स्थानीयले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल भईरहेको छ ।

ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले बताए। बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन। ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ, बालिकालाई मेडिकल गर्न पठाइएको छ। त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ एसपी राठौरले भने । विकले बालिकालाई फकाएर लगेको उनले बताए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !