१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं उपत्यकामा २५४० सहित देशभर ४३६४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोना सङ्क्रमित थपिएका छन्। नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८५ जनामा, ललितपुरमा ३२० जनामा र भक्तपुरमा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा हप्ता दिनमै १० हजारभन्दा बढी सङ्क्रमित थपिएको गौतमले जनाएका छन्। स्वास्थ्य सम्बन्धी बनाइएको मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेको गौतमको भनाइ छ।

गत २४ घण्टामा देशभर ४३६४ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १८ हजार ४७३ जनामा कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ९८ हजार ६१७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !