९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन



एजेन्सी। भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ। ७४ वर्षको उमेरमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनी लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुझिरहेका थिए। केही समयअघि मात्रै उनको मुटुको अप्रेसन गरिएको थियो। दिल्लीको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। पासवान मोदी सरकारको उपभोक्ता मन्त्री थिए।

उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !