१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

यस वर्षको नोबेल साहित्य पुरस्कार ७७ वर्षीया अमेरिकी कवियत्री लुइज ग्लूकलाई



एजेन्सी। यस वर्षको नोबेल साहित्य पुरस्कार ७७ वर्षीया अमेरिकी कवियत्री लुइज ग्लूकलाई दिइने भएको छ। स्वीडीश नोबेल कमिटीले बिहीबार उनलाई साहित्यतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९६८मा कवियत्री लुइजको पहिलो किताब प्रकाशन भएको थियो। यसपछि उनी अमेरिकामा निकै लोकप्रिय बनिन्। लुइसको १२ वटा कविता संग्रह प्रकाशित छन् भने कैयौ निबन्धहरु पनि लेखेकी छिन्।

लुइस कविता विधामा काव्‍य शैलीमा लेख्ने कवियत्री भनेर चिनिन्छिन्। उनले आफ्नो बाल्‍यकाल, पारिवारिक जीवन, आमा-बुवाको बालबालिकासँगको सम्बन्ध लगायका धेरै विषयमा कविता लेखिसकेकी छिन्।

सन् १९२२मा आएको ‘द वर्ल्ड आइरिस’ नामक कविता संग्रहले उनलाई संसारभर झन चर्चित बनायो। जसमा ‘स्नोड्राप’ कवितामा चिसोपछि ट्रेनमा फर्किएको जीवनबारे वर्णन गरिएको छ।

सन् १९४३मा न्‍युयोर्कमा जन्मिएकी ग्लूक क्‍याम्ब्रिज (म्‍यासेच्युट)मा बस्दै आएकी छन्। उनी कवियत्रीसँगै येल युनिभर्सिटीमा अंग्रेजी विषयकी प्रध्यापक हुन।

तीन दिनमा चिकित्सा, भौतिक र रसायन शास्त्रतर्फ पुरस्कार दिने घोषणा गरिसकिएको छ भने यी लगायतका पुरस्कारहरु अल्फ्रेड नोबेलको पूण्यतिथि १० डिसेम्बरमा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय