१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने भयो उत्तर कोरियाले



एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती नहोस् र सर्वाेच्च नेता किम जोङ उनलाई प्रभाव पार्ने अभिप्रायले सो अभ्यास हुन लागेको हो । यस्तो अभ्यास उत्तर कोरियाले समयम समयमा आफ्नो शक्ति प्रदर्शनको लागि गर्ने गर्दछ र यस्तो अभ्यासमा हुने कुनै पनि गल्तीलाई सेनाका कमाण्डर सहँदैनन् ।

यस्ता परेडहरु केही हदसम्म उत्तेजक समेत हुनसक्ने बताइन्छ । सन् २०१८ मा उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विचमा वार्ता भएपछि उत्तर कोरियाले यस्तो परेडमा ब्यालेष्टिक मिसायल भने प्रदर्शन गरेको छैन । तर गत वर्षको फेबु्रअरीदेखि दुई पक्षबीच कुनै पनि वार्ता हुन भने सकेको छैन ।

सो परेड त्यहाँको संस्थापक नेताको ७५ औं वार्षिक उत्सब र अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा हुन थालेको हो । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र जर्जर भइरहेको समयमा उसले सो परेडको आयोजना गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !