१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

मैत्रीपूर्ण फुटबल खेल : वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी



एजेन्सी। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी भयो । वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को सहज जीत निकालेको हो । यो खेल इग्ल्यान्डका युवा खेलाडी डोमिनिक कल्भर्ट लेबिनका लागि विशेष रह्यो । पहिलो पटक राष्ट्रिय टोलीमा उनी सहभागी भएका थिए । उनले डेब्यु खेलमा गोल गरे ।

उनले यो सिजनको प्रिमियर लिगमा १० गोल पूरा गरिसकेका छन् । प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन् । २६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए । इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससँग अपराजित थियो ।

यस्तै गएराति नै भएका अन्य खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २–१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १–१ को बराबरी खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: