Wednesday, January 22, 2025

ट्रेन्डिङ :

परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त

spot_img
spot_img
spot_img

काठमाडौं। सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ। केही दिन अघि परराष्ट्र सचिव रहेका शंकर दास वैरागीलाई मुख्य सचिव नियुक्त गरेपछि रिक्त रहेको उक्त पदमा पौड्याललाई सरकारले नियुक्त गरेको हो। परराष्ट्र सचिव हुनु अघि पौड्याल परराष्ट्र मन्त्रालयको प्रवक्ता रहेका थिए। उनले प्रवत्ता सँगसँगै मन्त्रालय अन्तर्गतको युएन, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानून महाशाखाको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए।

पौड्यालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट ‘डिप्लोमेटिक स्टडिज्’ विषयमा पोष्ट ग्रयाजुएट, माल्टा विश्वविद्यालयबाट ‘कन्टेम्पोररी डिप्लोमेसी’ विषयमा पोष्ट ग्रयाजुएट र नेदरल्याण्ड्सबाट ‘डेभलपमेन्ट स्टडीज्’ मा मास्टर्स् डिग्री गरेका छन्।

पौड्याल सन् २०१२ मा पाकिस्तानको लागि नेपाली राजदूत भएका थिए। २०११ जुन देखि २०१२ अप्रिलसम्म उनले सहसचिवको रुपमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया तथा सार्क महाशाखको प्रमुखका रुपमा काम गरेका थिए। उनी सन् २०१० मा सहसचिवमा बढुवा भएका थिए।

सहसचिव भएपछि उनले सन् २०१० देखि २०११ सम्म परराष्ट्र मन्त्रालय अन्तर्गतको तत्कालीन केन्द्रीय राहादनी विभागको प्रमुख भई काम समेत गरेका थिए।

उनी राहदानी विभागका प्रमुख हुँदा हस्तलिखित राहदानी बन्द गरी मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) जारी गर्न सुरु गरिएको थियो। राहदानी वितरणलाई सहजीकरण गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् २००७ देखि २०१० सम्म पौड्यालले जेनेभा स्थित नेपाली स्थायी नियोगमा उप स्थायी प्रतिनिधिका जिम्मेवारी निभाएका थिए।

उनी उपसचिव हुँदा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा, युरोप÷अमेरिका महाशाखामा र उत्तरपूर्वी तथा दक्षिण पूर्वी एसिया महाशाखामा रही काम गरेका थिए। उनले सन् २००३ देखि २००४ सम्म परराष्ट्रमा डेपुटी चिफ अफ प्रोटोकलको जिम्मेवारी निभाएका थिए।

पौड्यालले सन् २००२ मा खुला प्रतिस्पर्धा मार्फत परराष्ट्रको उपसचिवमा नाम निकालेका थिए। उनी सन् १९९२ जुलाई देखि २००२ अगष्टसम्म नेपाल सरकारको शाखा अधिकृत रहेका थिए। उनी सन् १९८७ मा निजामति सेवामा प्रवेश गरेका थिए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?