७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

चीनका कारण मलाई कोरोना भयो : ट्रम्प



एजेन्सी । कोरोना भाइरसका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्।अस्पतालबाट फर्किएपछि उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। भिडियोमा उनी विना मास्क देखिएका छन्।

करिब ५ मिनेट लामो भिडियोमा उनले भनेका छन्, ‘म मान्छु भगवानका कृपाले मलाई कोरोना भयो। यो भगवानको आशिर्वाद हो। एक लुकेको आशिर्वाद। म विलकुलै ठिक भएको छु। म चाहन्छु हरेक अमेरिकी नागरिकलाई राष्ट्रपतिको जस्तै उपचार होस्।’

उक्त भिडियोबाट उनले चीनप्रति पनि हमला गरेका छन्। ‘मलाई चिनियाँ भाइरस संक्रमण भयो। यसमा हाम्रो गल्ती छैन। यो चीनको गल्ती हो। चीनले यो देशसँग जे गर्यो, त्यसको प्रतिफल चुकाउनुपर्ने छ।’


प्रतिक्रिया दिनुहोस !